पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमद्वीतक चर्चा तथा श्रीकृष्ण प्रवचनका बीचमा महिलाका पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ ।
श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमद्वीतक चर्चामा आउने भक्तजनलाई लक्षित गरी प्रयास नेपाल र लायन्स क्लब अफ पोखरा स्काइटाउनको आयोजनामा क्यान्सर परीक्षण गएिको हो । सो अवसरमा ७५ जना महिलाले क्यान्सर परीक्षण परिक्षण गराएका थिए ।
सो अवसरमा डा. ईन्द्रमान महर्जनले समय समयमा महिलाले पाठेघरको मुखको जाँज गराएमा पाठेघरको क्यान्सरबाट बच्न सकिने बताए । उनले पाठेघरको क्यान्सरको बारेमा अझै पनि समाजमा सचेतना फैल्याउन आवश्यक रहेको बताए ।
प्रयास नेपाल अध्यक्ष शर्मिला भट्टराईले प्रयास नेपालले शिक्षा, स्वास्थ्य र सेवाको क्षेत्रमा काम गर्दै आइरहेको बताइन् । उनले महिलाको पाठेघरको क्यान्सरको दर दिनानुदिन बढ्दै गइरहेकोले त्यसप्रति सचेत गराउन क्यान्सर बारे सचेतनासँगै परीक्षण कार्यक्रम आयोजना गरिएको बताइन् ।
पाठेघरको मुखको क्यान्सर परीक्षणमार्फत पाठेघरमा क्यान्सर हुँदैछ भन्ने जानकारी पाइने भएकाले ३० देखि ६० वर्ष उमेर पुगेका महिलाले त्यसबारेमा ध्यान दिन आवश्यक रहेको उनले स्पष्ट पारिन् ।
पछिल्लो समय मानिसलाई मानसिक समस्यासमेत देखिनेक्रम बढिरहेकाले प्रयास नेपालले त्यसतर्फसमेत काम गर्दै मनोसामाजिक परामर्शको कार्यक्रमलाई निरन्तरता दिँदै आएको उनले बताइन् ।
राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोक शाखाका हरिराम पराजुलीले पछिल्लो समय खानपान र रहनसहनका कारण विभिन्न रोग लाग्ने र महिलामा पनि त्यसैका कारण पाठेघरको क्यान्सर हुने गरेकाले त्यसतर्फ सचेत हुन आवश्यक रहेको बताए ।
श्रीकृष्ण प्रणामी सेवा समिति अध्यक्ष मोहनप्रसाद ढकालले श्रीकृष्ण प्रणामी सेवा समितिले रक्तदान, आँखा जाँचलगायतका कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताए ।
उनले प्रयास नेपाल र लायन्स क्लब अफ पोखरा स्काइटाउनको सहयोगमा महिलाको पाठेघरको मुखको क्यान्सरलाई ध्यानमा राख्नै स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रममा मेडिसिन कोअर्डिनेटर नीलम महर्जन, सिनियर नर्सिङ अफिसर पुष्पा लक्ष्मी महर्जनलगायतले सहजीकरण गरेका थिए ।
कार्यक्रममा प्रयास नेपालका कोषाध्यक्ष नीरु पराजुली, सहसचिव बुद्धिसागर सापकोटा, सदस्य दुर्गा थपलिया, लायन्स क्लब अफ पोखरा स्काइटाउनका पूर्वअध्यक्ष मञ्जु पौडेल भट्टराई, कोषाध्यक्ष मधु पन्थीलगायत सहभागी थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution