पोखरा । पोखरामा शनिबार आयोजित ताया: मचा नृत्य प्रतियोगिता उपाधि पुरुषतर्फ बागबजार बगर ताया: मचा समिति जितेको छ ।
अन्य १८ टोलीलाई पछि पार्दै बागबजारले प्रथम स्थान हासिल गरेको हो । विजेता बागबजारले तीन लाख एक रुपैयाँ नगद पुरस्कार हात पारेको छ ।
यस्तै द्वितीय स्थान हासिल गर्दै रानीपौवा ताया: मचा नाच समितिले दुई लाख एक रुपैयाँ नगद पुरस्कार हासिल गरेको छ ।
प्रतियोगितामा तृतीय स्थान हासिल गरेको रामकृष्ण टोलको गोपाल जी मन्दिर सेवा समितिले एक लाख एक रुपैयाँ तथा सान्त्वना स्थान हासिल गर्दै गैह्रापाटन नेवा समाजले १० हजार एक रुपैयाँ नगद पुरस्कार हात पारेको छ ।
यसैगरी महिलातर्फको प्रतिस्पर्धामा लामाचौर नेवा: खलः प्रथम भएको छ । अन्य आठ समूहलाई पछि पार्दै लामाचौरले ५० हजार रुपैयाँ नगद पुरस्कार हात पार्न सफल भएको हो ।
प्रतियोगितामा समाज कल्याण नेवा: खलः राजाकोचौतारा द्वितीय र रुपा देउराली नेवा: खलः रुपा गाउँपालिका तृतीय हुँदै क्रमशः ३० हजार रुपैयाँ र २० हजार रुपैयाँ नगद पुरस्कार हात पारेका छन् ।
गाईजात्रा पर्वको अवसरमा नेवाःखलः कास्कीको आह्वानमा तथा नयाँबजार सांस्कृतिक समितिले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १९ र महिलातर्फ नौ गरी कुल २८ समूहले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution