आज लाभ र अमृत बेला परेको छ, सूर्यदेवको प्रिय दिनमा राशिफल कस्तो होला ?

  • पोखरा न्यूज
  • २०८१ भाद्र ९
आज लाभ र अमृत बेला परेको छ, सूर्यदेवको प्रिय दिनमा राशिफल कस्तो होला ?

आजको पञ्चाङ्ग

मिति २०८१ भाद्र ९ गते आइतबार, इस्वीसंवत अगस्त २५ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रकृष्णपक्षको षष्ठी तिथि बिहानमा १०ः३१ बजेसम्म त्यसपछि सप्तमी तिथि लाग्नेछ । नक्षत्रमा भरणी राति १०ः२५ बजेसम्म त्यसपछि कृत्तिका नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वृद्धि ९ घटि ३१ पलासम्म त्यसपछि ध्रुव योग रहनेछ । करणमा भद्रा रहनेछ । आनन्दादि योगमा काल रहनेछ ।

सूर्य सिंह राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान ३२ घटि ६ पला अर्थात १२ घण्टा ५२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः४० बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः३० बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा १०ः१८ बजे र अस्ताउने समय भोलि बिहानमा ११ः२८ बजे रहेको छ । आज राष्ट्रिय धर्मसभा दिवस र गौरा सप्तमी परेको छ ।

आजको राशिफल

मेष : आज पनि स्वास्थ्य भरपर्दो रहनेछ । लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानसिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । आज रोकिएका सबै काम पूरा हुनेछन् तर समयको सही उपयोग अवश्य गर्नुहोला । दिनमा ३ बजेपछि समय त्यति शुभ नहुने भएकाले सतर्क भएर काम गर्नुहोला ।

वृष : आज पनि समय खराब रहनेछ । चिसोका कारण पेट दुख्ने रोगले दुःख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला । आज पश्चिम दिशाको यात्रामा ननिस्कनु राम्रो हुनेछ । सामाजिक एवं धार्मिक कार्यमा समय शुभ छ ।

मिथुन : आज पनि समय शुभ छ । व्यापारमा सबै प्रकारले लाभ मिल्नेछ । स्वास्थ्यले पनि राम्रो साथ दिनेछ । उठ्नुपर्ने रकम उठ्नेछ । राम्रो मुनाफा बढ्ने काममा लगानी गर्नुभएमा राम्रो परिणाम पाइनेछ । घरमा नयाँ समान किनमेल हुनेछ । आज उत्तर दिशाको यात्राले लाभ मिल्नेछ । धार्मिक कार्यमा गरेको लगानीले राम्रो नाम कमाउन सकिनेछ ।

कर्कट : आज पनि समय मध्यम खालको छ । कुनै पनि ठाउँको भ्रमण गर्नु पनि उचित छैन । तपाईं आज पानी र चिसोबाट विशेष सतर्क रहनुहोला । अरु काम तपाईंले सोचेअनुसार सफल हुनेछन् । त्यसैले जे काम गर्नुछ यही आज थालनी गर्नुभएमा मध्यम राम्रो हुनेछ । वैदेशिक रोजगारबार धन प्राप्त हुन सक्ने ज्योतिष वैत्रानिक दृष्टिकोणमा देखिएको छ ।

सिंह : आज पनि स्वास्थ्य भरपर्दो रहने छैन । गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, पेट रोगले सताउने, खानामा गडबढी, द्खको समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परे पनि निराश र हतास नहुनुहोला । टाढाको यात्रा नगर्नुहोला । शैक्षिक क्षेत्रबाट भने राम्रो फाइदा पाइनेछ ।

कन्या : आज समय खराब रहनेछ । मानसिक चिन्ता थप्नेछ । नबोलाएको ठाउँमा नजानु होला । बद्नाम अपमानको सम्भावना पनि छ । घरमा तथा परिवारका लागि अनावश्यक खर्च भै जाने अवस्था छ । सकेसम्म जसको जे काम गर्नु छ, उही व्यक्तिसंग पैसा लिएर काम गर्ने गर्नुहोला । आज दिनमा २ बजेपछिको समय मध्यम शुभ रहनेछ ।

तुला : आज स्वास्थ्य राम्रो रहनेछ । आशा नै नगरेको ठाउँबाट धन प्राप्त हुन सक्नेछ । जमीन किन्नु छ आज किन्नुहोला । उच्चस्तरीय घनिष्ट मित्रसँगको भेट, पेशागत क्षेत्रमा नयाँ लाभका सम्भावना बढेर जानेछन् । जताबाट पनि हर्ष र खुसीका खबर प्राप्त हुनेछन् । समय शुभ रहेकाले समयको सही उपयोग गर्नुहोला ।

वृश्चिक : आज स्वास्थ्य भरपर्दो रहनेछ । टाढाबाट धन आउने, नयाँ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । मनमा एकप्रकारको ढुक्कपन रहने, दौडधूप त्यति गर्नुपर्ने छैन । परिवारका सदस्यबाट राम्रो सहयोग हुनेछ । सबै सजिलै सम्पन्न गर्न सकिनेछ । आज दिउँसो ३ बजेपछि स्वस्थ्यमा केही समस्या देखिनेछ । विशेषगरि खानपानमा ध्यान पुर्याउन आवश्यक छ ।

धनु : आज पनि जन्मराशिदेखि नवौँ भावमा रहेको चन्द्रमाले अनावश्यक मानसिक चिन्ता थप्नेछ । नबोलाएको ठाउँमा जानुपर्नेछ । आफन्तबाटै बद्नाम तथा अपमानको सम्भावना छ । जुनसुकै काममा अनावश्यक खर्च भै जाने अवस्था छ । आज टाढाको यात्रा, महत्वपूर्ण निर्णय नगर्नु नै सबैभन्दा राम्रो हुने देखिन्छ । समग्रमा समय खराब छ । सतर्क हुन आवश्यक छ ।

मकर : आजको दिन जोखिम पाराले बित्नेछन् । आफन्त कुलकुटुम्बका व्यक्तिजन एवं मित्रजनसँग वैरभाव उत्पन्न हुनेछ । धन हानी, पूर्ण हुन लागेको कार्य बिग्रन सक्छ । तर दिनमा ३ बजेपछि शुभग्रहको प्रत्यक्ष प्रभाव पर्नेछ । धन कमाउने अवसर मिल्नेछ । परिवारजनमा खुसी र सुखी बनाउन सकिने, धार्मिक एवं सामाजिक कार्यमा प्रशंसा मिल्नेछ ।

कुम्भ : आज पनि समय शुभ छ । दुःख र कष्ट हराउनेछन् । स्वच्छ, निश्चल सोँचाइ बढ्नेछन् । विशेषगरी आज पढाईलेखाई, कलाकृति, आकृतिका कामलगायत परीक्षा र प्रयोगात्मक कार्यमा ठूलो सफलता मिल्ने देखिन्छ । आकस्मिक धन, मान र काम प्राप्त गर्ने योग परेको छ । अरु व्यक्तिले आफ्नो प्रशंसा गर्नेछन् तर दिउसो ३ बजेपछिे भने हरेक कार्यमा सतर्कता अपनाउनु आवश्यक छ ।

मीन : आज पनि समय खराब छ । आफूले साेचेका काममा भने जस्तो सफलता पाइने छैन । त्यसैले मानसिक असन्तुष्टिको अनुभव हुनेछ । घनिष्ट मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला । दिनमा ३ बजेपछि समय शुभ हुने देखिन्छ । यात्रा लेनदेन पनि यसै समयमा मात्र गर्नुहोला ।

साइतः सूर्य सिंह राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । त्यसैले पूर्व र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम र दक्षिणतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः३८ बजेदेखि ७ः१५ बजेसम्म उद्धेग बेला
बिहान ७ः१५ बजेदेखि ८ः५२ बजेसम्म चर बेला
बिहान ८ः५२ बजेदेखि १०ः२९ बजेसम्म लाभ बेला
बिहान १०ः२९ बजेदेखि १२ः०६ बजेसम्म अमृत बेला
मध्यान्ह १२ः०६ बजेदेखि १ः४३ बजेसम्म काल बेला
दिनमा १ः४३ बजेदेखि ३ः१९ बजेसम्म शुभ बेला
दिनमा ३ः१९ बजेदेखि ४ः५६ बजेसम्म रोग बेला
दिनमा ४ः५६ बजेदेखि ६ः३३ बजेसम्म उद्धेग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः३३ बजेदेखि ७ः५६ बजेसम्म चर बेला
राति ७ः५६ बजेदेखि ९ः२० बजेसम्म लाभ बेला
राति ९ः२० बजेदेखि १०ः४३ बजेसम्म अमृत बेला
राति १०ः४३ बजेदेखि १२ः०६ बजेसम्म काल बेला
राति १२ः०६ बजेदेखि १ः३९ बजेसम्म शुभ बेला
राति १ः३९ बजेदेखि २ः५१ बजेसम्म रोग बेला
रातिमा २ः५१ बजेदेखि ४ः१५ बजेसम्म उद्धेग बेला
रातिमा ४ः१५ बजेदेखि ५ः३९ बजेसम्म चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस