
पोखरा । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान मुग्लिङ-नारायणगढ सडकखण्डको घुमाउनेमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक नीरला भण्डारीले जानकारी दिइन् । उनका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
बस आज बिहान करिब ७ः२५ बजे दुर्घटनामा परेको हो ।
सुदूरपश्चिम प्रदेश ०२-००१ ख १३३२ नम्बरको बस अनियन्त्रित भएर सडक डिभाइडरमा ठोक्किएर पल्टिएको र सडक छेउमा लगाइएको बारका कारण त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।





