
पोखरा । आज आइतबार सुनको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँ वृद्धि हुँदै एक लाख ५२ हजार चार सय रुपैयाँ कायम भएको हो ।
शुक्रबार सुनको मूल्य तोलामा एक लाख ५१ हजार चार सय कायम भएको थियो ।
यसैबीच चाँदीको मूल्य तोलामा एक हजार आठ सय ५० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन चाँदीको मूल्य एक हजार आठ सय १५ रुपैयाँ कायम भएको थियो ।





