|फाइल तस्बिर
बङ्गलादेश। बङ्गलादेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १८ पुगेको अधिकारीहरूले बताएका छन् ।
विपद् व्यवस्थापन तथा राहत मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् व्यवस्थापन समन्वय केन्द्रको पछिल्लो दैनिक विपद् अवस्था प्रतिवेदनअनुसार देशका ६४ जिल्लामध्ये ११ जिल्लामा बाढीका कारण झन्डै ५० लाख मानिस प्रभावित भएका छन् ।
बाढीले बाढी प्रभावित सात जिल्लामा १८ जनाको ज्यान गएको प्रतिवेदनले देखाएको छ ।
भारी मौसमी वर्षाका कारण आएको बाढी र भारतीय सीमानाका पहाडबाट आएको पानीको बहावले सडक बगाएपछि अधिकारीले अझै पनि दक्षिण पूर्वी र उत्तरी जिल्लामा आपूर्ति गर्न सङ्घर्ष गरिरहेका छन् ।
बाढीले उत्तरी र दक्षिण पूर्वी क्षेत्रका विशाल क्षेत्रमा घर र बालीमा व्यापक क्षति पुर्याएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution