पोखरा । नेपालमा भारतीय तीर्थयात्री सवार बस दुर्घटनाको घटना सेलाउन नपाउँदै भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटनामा परेको छ ।
भारतको बिहार राज्यको समस्तीपुरमा आज बिहानै भएको दुर्घटनामा कम्तीमा २५ जना यात्रु घाइते भएको बताइएको छ । दुर्घटनाग्रस्त बसमा ४३ यात्रु रहेको अनुमान गरिएको छ ।
बारा जिल्लाको बारागढी गाउँपालिकाका अध्यक्ष अशोककुमार जैलसवालका अनुसार सोही गाउँपालिकाको वडा नं. ३ मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटनामा परेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार ना७ख ६४४६ नम्बरको बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको आफूले जानकारी पाएकाे अध्यक्ष जैसवालले बताए ।
नेपाली तीर्थयात्री सवार बसलाई एउटा ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमै पल्टिएको बताइएको छ ।
घाइतेलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको भारतीय सञ्चारमाध्यम आजतकले समाचारमा उल्लेख गरेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution