पोखरा । नेपाली हिन्दू महिलाको महान पर्व हरितालिका तीजको अवसरमा कोइराला सेवा समाजको महिला सशक्तीकरण उपसमिति कास्कीले शुभकामना आदानप्रदान तथा तीज विशेष कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रम शुभारम्भ गर्दै वरिष्ठ लोकगायिका एवं प्राज्ञ हरिदेवी कोइरालाले तीज महिला दिदीबहिनीको दुःखसुख साटासाट गर्ने पर्व भएको बताइन् । यद्यपि समयसँगै हाम्रो संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको भन्दै उनले संस्कार र संस्कृतिको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिइन् ।
समाजका केन्द्रीय उपाध्यक्ष एवं कास्कीको सल्लाहकार राजेन्द्रनीधि कोइरालाले नेपाली हिन्दू महिलाद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाले पनि हर्षोल्लासकासाथ मनाउन थालेको बताए ।
कोइराला सेवा समाज कास्कीका अध्यक्ष कृष्णप्रसाद कोइराला र नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य कञ्चन कोइरालाले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको तीज पर्वले पुरुषप्रधान समाजमा घरभित्र मात्रै खुम्चिएर बस्ने महिलालाई बाहिर निस्कन प्रेरित गर्ने र गीतमार्फत महिला स्वतन्त्रता, सशक्तीकरण र उद्यमशिलतालाई जोड्नुपर्नेमा जोड दिएका थिए ।
संस्थाकी अध्यक्ष सावित्रा कोइरालाको अध्यक्षमा भएको संचालन भएको कार्यक्रममा उपाध्यक्ष शान्ति कोइरालाले स्वागत र सचिव तारा कोइरालाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution