आजको पञ्चाङ्ग
मिति २०८१ भाद्र १० गते सोमबार, इस्वीसंवत अगस्त २६ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रकृष्णपक्षको सप्तमी तिथि बिहानमा ८ः२७ बजेसम्म त्यसपछि अष्टमी तिथि लाग्नेछ । नक्षत्रमा कृत्तिका राति ९ः१६ बजेसम्म त्यसपछि रोहिणी नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा ध्रुव २ घटि ३५ पलासम्म त्यसपछि हर्षण योग रहनेछ । करणमा बालब रहनेछ । आनन्दादि योगमा स्थिर रहनेछ ।
सूर्य सिंह राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । आज दिनमान ३२ घटि २ पला अर्थात १२ घण्टा ५० मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः४० बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः२९ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ११ः०५ बजे र अस्ताउने समय भोलि बिहानमा १२ः३५ बजे रहेको छ । आज श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व परेको छ ।
आजको राशिफल
मेष : आज समय खराब रहनेछ । आज पानीमा डुब्ने डर रहेकोछ विशेष सतर्क रहनुहोला । मनमा ज्यादा निराशाका भावना आउने, कसैको अप्रिय समाचार सुन्दा चित्त दुख्ने जस्ता काम हुनेछन् । कसैप्रति घनिष्ट मित्र पनि नगर्ने, कसैसँग वादविवाद र दुश्मनी काम नगरेमात्र ठूलो हानी नोक्सानीबाट जोगाउन सकिनेछ । टाढाको यात्रा पनि नगर्दा राम्रो हुने देखिन्छ ।
वृष : आज पनि समय अत्यन्त शुभ रहनेछ । स्वास्थ्य सन्तुलित रहने देखिन्छ । आदर-सत्कार पाइनेछ । घरमा पारिवारिक सहयोग राम्रैसंग पाइनेछ । नयाँ वस्तु किन्ने, मीठो परिकार खान पाइने दिन रहेको छ । आफन्तको आगमनले घरमा खुसीयाली छाउनेछ । शत्रुमाथि आफ्नो जीत हुनेछ । समय शुभ रहेको हुनाले सही उपयोग गरेमा महत्वपूर्ण उपलव्धि हात लाग्नेछ ।
मिथुन : आज अत्यन्त खराब रहनेछ । चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने सम्भावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था आज पनि रहनेछ । जस्तोसुकै अवस्थामा पनि मुद्दा मामिलामा नजानुहोला । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ ।
कर्कट : आज समय शुभ छ । एक्कासि आम्दानी बढ्ने काम भेटिने छ । जे पेसामा संलग्न हुनुहुन्छ त्यसमा आम्दानी राम्रै रहनेछ । नयाँ व्यवसाय आज सुरु गर्नुभएमा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । पुराना इष्टमित्र, मान्य व्यक्तिसँगको भेट उपलब्धिमूलक नै रहनेछ । आज जे काम गर्दै हुनुहुन्छ त्यसबाठ प्रतिफल राम्रै पाइनेछ । टाढाको यात्रा रमाइलो र फलदायी हुनेछ ।
सिंह : आज समय मध्यम खालको छ । कामबाट सन्तुष्टि मिल्ने छैन । गरेको काम बिग्रने सम्भावना बलियो छ । आम्दानी भन्दा खर्च ज्यादा हुने सम्भावना छ । सोचेअनुसार लाभ लिन कडा परिश्रमबाट गर्नुपर्नेछ । आज परिवारमा कचकच, साथीभाइ रिसाउने दिन पनि रहेको छ । नयाँ कामको थालनी आज नगर्दा नै राम्रो हुनेछ ।
कन्या : आज पनि समय खराब रहनेछ । आफन्त व्यक्तिसँग झगडा हुन सक्छ । जोसंग पनि कमै बोल्नु राम्रो हुनेछ । मन चञ्चल हुनाले आर्थिक क्षति व्यहोर्नुपर्ला, आफूले गर्न खोजेका काममा धेरै नै विघ्नबाधा हुनेछ । कम्मर दुख्ने समस्याले तनाव बढ्नेछ । यात्रका क्रममा कसैले नशालु पदार्थ खुवाउन या सुँघाउन सक्नेछन्, विशेष ख्याल गर्नुहोला । समय खराब रहेकाले सबै कार्यमा सतर्क हुनुहोला ।
तुला : आज स्वास्थ्य राम्रो रहनेछैन । मिथ्या आरोप लाग्ने सम्भावना छ । आर्थिक लेनदेन कारोवार गर्दा ज्यादै सतर्क रहनुहोला । विशेषगरी आजन पानीबाट खतरा छ, सतर्क रहनुहोला । आज केही काम बन्ने, केही अधुरा रहने जस्तो छ । गाडी चलाउँदा विशेष ख्याल गर्नुहोला । समयमा खाना खान नपाइने वा गड्बढीको सम्भावना छ । सतर्क हुन आवश्यक छ ।
वृश्चिक : आज पनि स्वास्थ्य राम्राे रहनेछ । गर्न खोजेका सबै काम सफल, प्रेमी/प्रेमिकाबीच सम्बन्ध थप गाढा हुन सक्नेछ । पारिवारिक सदस्य तथा कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । आज रोकिएका सबै काम पूरा हुनेछन् । राम्रो समयको सही उपयोग अवश्य गर्नुहोला । नयाँ-नयाँ कार्ययोजना बनाउने दिन आज रहेको छ । हार्डवयरसम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । धार्मिक र सामाजिक क्षेत्रमा गरेको लगानीबाट सम्मान पाइनेछ ।
धनु : आज समय राम्रै रहनेछ । सोच्दै नसोचेको धन प्राप्ति हुन सक्नेछ । जमीन अथवा कलकारखानासम्बन्धी काम गर्नु छ भने आजा लाभ हुनेछ । तपाईं सरकारी कर्मचारी हुनुहुन्छ भने आज पैसा खूब कमाउनुहुनेछ । जताबाट पनि तपाईंलाई खुसी लाग्दा समाचार प्राप्त हुनेछन् । रमणीय कार्यमा सहभागी हुन पाइने छ । समय शुभ रहेको छ भरपूर उपयोग गर्नुहोला ।
मकर : आज समय खराब छ । बोली वचनमा शिष्टता र सकेसम्म नरम भई काम लिनुमा नै बुद्धिमानी हुनेछ । आफू मातहतका कर्मचारीमा विवादको अवस्था देखा पर्नेछ, जसमा तटस्थ रहनु नै राम्रो हुनेछ । व्यापार र व्यवसायमा आज त्यति लाभ देखापर्ने छैन । परिवारको कुनै सदस्यलाई औषधि उपचारमा खर्च गर्नुपर्ने देखिन्छ । यात्रामा पनि तनाव उत्पन्न हुनेछ । आज सबै कार्यमा चनाखो र सतर्क हुनुहोला ।
कुम्भ : आज जन्मराशिदेखि बाह्रौं भावमा रहेको चन्द्रमाले अनावश्यक मानसिक चिन्ता थप्नेछ । नबोलाएको ठाउँमा जानुपर्नेछ । आफन्तबाटै बद्नाम तथा अपमानको सम्भावना त्यत्तिकै रहेको छ । जुनसुकै काममा अनावश्यक खर्च भई जाने अवस्था छ । समग्रमा समय खराब रहेकाले आज आर्थिक लेनदेन, टाढाको यात्रा, महत्वपूर्ण निर्णय नगर्नु नै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।
मीन : आज समय शुभ छ । आरोग्यता, प्रशन्नता बढ्नेछ । गर्न खोजेका काममा आत्मविश्वासका साथ पूरा गर्न सक्नु हुनेछ । सोचेका सबै धार्मिक काममा राम्रो सफलता मिल्नेछ । कुखुरा पालन व्यवसाय तथा फ्रेस हाउस सञ्चालन गर्दै हुनुहुन्छ भने आजबाट सुरु गर्नुहोला । जग्गा किन्दै हुनुहुन्छ भने पनि आज बैनापट्टा गर्दा राम्रो हुनेछ ।
साइतः सूर्य सिंह राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । त्यसैले दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, पूर्व र पश्चिमतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः३८ बजेदेखि ७ः१५ बजेसम्म अमृत बेला
बिहान ७ः१५ बजेदेखि ८ः५२ बजेसम्म काल बेला
बिहान ८ः५२ बजेदेखि १०ः२९ बजेसम्म शुभ बेला
बिहान १०ः२९ बजेदेखि १२ः०६ बजेसम्म रोग बेला
मध्यान्ह १२ः०६ बजेदेखि १ः४३ बजेसम्म उद्धेग बेला
दिनमा १ः४३ बजेदेखि ३ः१९ बजेसम्म चर बेला
दिनमा ३ः१९ बजेदेखि ४ः५६ बजेसम्म लाभ बेला
दिनमा ४ः५६ बजेदेखि ६ः३३ बजेसम्म अमृत बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः३३ बजेदेखि ७ः५६ बजेसम्म काल बेला
राति ७ः५६ बजेदेखि ९ः२० बजेसम्म शुभ बेला
राति ९ः२० बजेदेखि १०ः४३ बजेसम्म रोग बेला
राति १०ः४३ बजेदेखि १२ः०६ बजेसम्म उद्धेग बेला
राति १२ः०६ बजेदेखि १ः३९ बजेसम्म चर बेला
राति १ः३९ बजेदेखि २ः५१ बजेसम्म लाभ बेला
रातिमा २ः५१ बजेदेखि ४ः१५ बजेसम्म अमृत बेला
रातिमा ४ः१५ बजेदेखि ५ः३९ बजेसम्म काल बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।