
सिन्धुली । सिन्धुलीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मरिण गाउँपालिका वडा नं ७ दधिदमारका २८ वर्षीय ज्ञानबहादुर भोलन छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आइतबार दिउँसो बाख्रा चराएर घर फर्किंदै गर्दा चुनिया खोलाले बगाएर बेपत्ता भएका थिए ।
भोलनको शव करिब तीन सय मिटर तल आज बिहान फेला परेको थियो ।





