भिरबाट लडेर एक युवतीको मृत्यु

सिन्धुली । सिन्धुलीमा भिरबाट लडेर एक युवतीको ज्यान गएको छ ।

मृत्यु हुनेमा मरिण गाउँपालिका वडा नं १ टुँडिखेलकी २२ वर्षीय ललीमाया बल रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गोठालो जाँदा भिरबाट लडेर उनी अचेत भएकी थिइन् ।

उनको उद्धार गरी उपचारका लागि इन्टरनेसनल अस्पताल भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button