घरमै चट्याङ लागेर हजुरबुबा र डेढ वर्षका नाति घाइते

अछाम । अछाममा चट्याङ लागेर दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा जिल्लाको मेल्लेख गाउँपालिका वडा नं. ५ का विन्दवासिनी धामी गाउँका ६२ वर्षीय तुले धामी र उनका डेढ वर्षीय नाति गणेश धामी छन् ।

अछाम प्रहरीका अनुसार घरभित्र बसिरहेको अवस्थामा चट्याङ लागेको थियो ।

घाइते दुवैको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button