करेन्ट लागेर एक युवकको मृत्यु

  • पोखरा न्यूज
  • २०८१ भाद्र १०
करेन्ट लागेर एक युवकको मृत्यु

रूपन्देही । रुपन्देहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

सोमबार भारत उत्तर प्रदेश घर भएका ३२ वर्षीय जाबेद अख्तरको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्लाको सिद्धार्थनगर नगरपालिका-१ बेलहिया भन्सार कार्यालयको पछाडि नयाँ बन्दै गरेको भवनमा लेवर काम गर्ने उनी पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

भैरहवा मेडिकल कलेजमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस