मनसुनी वायुको प्रभाव : भारी वर्षाको सम्भावना

  • पोखरा न्यूज
  • २०८१ भाद्र ११
मनसुनी वायुको प्रभाव : भारी वर्षाको सम्भावना

पाेखरा। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज  कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस