छानामा लौका टिप्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु

  • पोखरा न्यूज
  • २०८१ भाद्र ११
छानामा लौका टिप्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु

पोखरा । गोठको छानामा लौका टिप्नेक्रममा करेन्ट लागेर दाङमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं १० नारायणपुरका ६८ वर्षीय वुद्धिराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

छानामाथिको तारमा छुन पुग्दा चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस