सरकारी मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

  • पोखरा न्यूज
  • २०८१ भाद्र ११
सरकारी मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

|फाइल तस्बिर

सुर्खेत । सुर्खेतमा आइतबार साँझ मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका वडा नं १० रहरपुरका ४० वर्षीय चैते थारु छन् ।

वडाको घुस्रा नजिकै भित्री सडकमा बा२ब ६४७६ नम्बरको सरकारी मोटरसाइकलले ठक्कर दिँदा थारु गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि माया नर्सिङ होम हुँदै कर्णाली प्रदेश अस्पतालमा लगिएको थियो ।

उनको सोही अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

प्रहरीले मोटरसाइकल चालक हुम्लाको अदानचुली गाउँपालिका-२ का २३ वर्षीय धीरेन्द्र बुढालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । मोटरसाइकल सरकारी भएको बताइएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस