
पोखरा । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
मंगलबार सुनको मूल्य स्थिर रहँदै तोलामा एक लाख ५२ हजार तीन सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सोमबार सुनको मूल्य एक लाख ५२ हजार तीन सयमै कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर एक हजार आठ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।





