धादिङकाे ससाहमा सवारी दुर्घटना, चार जना घाइते

पोखरा । धादिङमा सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

मलेखु-धादिङवेसी सडकखण्ड (कालुपाण्डे मार्ग) अन्तर्गत नीलकण्ठ नगरपालिका वडा नं ८ ससाहमा ईभी माइक्रोभ्यान र डिलक्स बस एकापसमा ठोक्किदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

आज बिहान ११ः५० बजे भएको दुर्घटनामा ईभी भ्यानमा सवार चार जना घाइते भएको बताइएको छ । थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button