रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा २८ वर्षीय कार्कीको मृत्यु

चितवन । चितवनमा गएराति सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा चितवन रत्ननगर नगरपालिका वडा नं ६ का २८ वर्षीय सरोज कार्की छन् ।

भरतपुर महानगरपालिका वडा नं ३ पुलचोकस्थित सडकमा रोकिराखेको मधेस प्रदेश ०३००१ ख ९४७३ नम्बरको ट्रकमा कार्की सवार ना.५८प ८५९४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button