पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरमा आयोजित श्रीकृष्ण भजन राष्ट्रिय प्रतियोगितामा फूलवारीको ओकार भजन समूह प्रथम भएको छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्ला साहित्य प्रतिष्ठानले प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगितामा हेमजाको देवीस्थान भजन समूह द्वितीय, बाटुलेचौरको बडहरबोट आमा समूह तृतीय र काठमाडौँको मुक्तेश्वर खैजेडी लोक भजन समूह र विन्ध्यवासिनी मावि बाटुलेचौरले सान्त्वना स्थान हासिल गरेको छ ।
प्रतियोगितामा कास्की, लमजुङ, काठमाडौंसहित देशका विभिन्न स्थानबाट १७ टोली सहभागी थिए ।
प्रतियोगितामा प्रथम हुन हुन सफल ओमकारले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो ।
यस्तै द्वितीय हुन सफल देवीस्थानले ७५ हजार, तृतीय हुन सफल बडहरबोट ५० हजार तथा सान्त्वना स्थान हासिल गर्ने विन्ध्यवासिनी स्कुल र मुक्तेश्वरले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताका प्रचारप्रसार उपसमिति संयोजक रामप्रसाद पौडेल घर्मेलीका अनुुसार सहभागी प्रत्येक टोलीलाई ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
प्रतियोगिताको निर्णायकमा प्राडा कुशुमाकर न्यौपाने, डा. अम्बिकाप्रसाद भट्टराई, नवराज बराल, सिर्जना थापा र शिवप्रसाद पराजुली थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution