पोखरामा सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कुल बस कारबाहीमा

  • पोखरा न्यूज
  • २०८१ भाद्र ११
पोखरामा सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कुल बस कारबाहीमा
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार पोखराका विभिन्न क्षेत्रमा चल्ने दुई सय २३ वटा स्कुल बसमा जाँच गरेको छ ।
जाँचका क्रममा सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेका १७ वटा बसलाई ट्राफिक नियमअनुसार कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुुमार शर्माले जानकारी दिए ।
जाँचका क्रममा सम्पूूर्ण चालकलाई ट्राफिक नियम उल्लङ्घ नगरी सवारी नचलाउन सम्झाइबुझाइ गरिएको उनले बताए ।
यसअघि पनि ५५ बसमा स्पिड लिमिट अंकित स्टिकर टाँस गरिएको थियो भने दर्जन बढी सवारीलाई कार्वाही गरिएको थियो ।


पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस