कास्कीकोटमा ‘दहीको होली’ खेलियो

  • पोखरा न्यूज
  • २०८१ भाद्र ११
कास्कीकोटमा ‘दहीको होली’ खेलियो

पोखरा । पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोटमा दहीको होली खेलिएको छ । श्रीकृष्ण जन्माअष्टमीको अवसरमा भगवान श्रीकृष्णको जन्म भएको भोलिपल्ट मंगलबार दहीको होली खेलिएको हो ।

कास्कीकोटमा परापूर्वकालदेखि दही जात्रा हुँदै आएको छ । गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा दहीको होलीमा सयौँ मानिसको सहभागिता रहेको कार्यक्रम संयोजक ठाकुरप्रसाद त्रिपाठीले जानकारी दिए ।

यो जात्रा संरक्षणमा स्थानीयले विशेष चासो देखाउँदै आएएका छन् । दहीको होली खेल्ने परम्परा अन्य स्थानमा नरहेको र कास्कीकोटमा मात्र रहेको समिति सचिव तथा कार्यक्रम संयोजक त्रिपाठीले बताए ।

यस पटक विभिन्न सांस्कृतिक झाँकी बाजा गाजासहित जात्रा निकालिएको थियो । अन्य ठाउँमा श्रीकृष्णको जन्म हुनु भन्दा पहिले दिनमा नै नाचगान तथा जात्रा निकाल्ने गरिन्छ । तर कास्कीकोटमा मात्र श्रीकृष्ण जन्मेको भोलिपल्ट मात्र दहीको होली खेलेर पर्व मनाउने गरिन्छ ।

स्थानीयले विगत १२ वर्षदेखि दहीको होली एकापसमा छ्यापेर दही जात्रा मनाउने गरेका छन् । मन्दिरका व्यवस्थापक अमाली खीमबहादुर कार्कीका अनुसार जात्रामा अन्य साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।

सम्पदा संरक्षण मञ्च कास्कीकोट, नेपाल वृन्दावन धाम र स्थानीयले दही जात्रा सञ्चालन गर्दै आएका छन् ।

आगामी वर्षमा कास्कीकाटको उच्च भागमा रहेको औलधाममा गएर जात्रा समापन हुने भएको नेपाल वृन्दावन धाम कास्कीका अध्यक्ष ओमप्रसाद सुवेदीले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस