कास्कीका श्रीनाथ बराल एकीकृत समाजवादीको सचिवमा विजयी

  • पोखरा न्यूज
  • २०८१ भाद्र १२
कास्कीका श्रीनाथ बराल एकीकृत समाजवादीको सचिवमा विजयी

पोखरा । कास्कीका श्रीनाथ बराल नेकपा एकीकृत समाजवादी पार्टीको सचिव पदमा विजयी भएका छन् । उनले १०७ मत पाएका छन् ।
उनी यसअघि पार्टीको केन्द्रीय तहमा पोलिट्व्यूरो सदस्य थिए ।

उनी गत संघीय सांसद निर्वाचनमा कास्की क्षेत्र नं. २ मा निर्वाचन लडेर एमालेकी नेतृ एवं हालकी शिक्षामन्त्री विद्या भट्टराईसँग पराजित भएका थिए ।

बरालसँगै सचिव पदमा शेरबहादुर कुँवर (१५३), सोमप्रसाद पाण्डे (१४१), सावित्रीकुमारी भुसाल (१०६) र चन्द्रबहादुर शाही (९१) विजयी भएका छन् । पाँच सचिवका लागि २६ जना उम्मेदवार रहेका थिए ।

योसँगै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पराजित भएका छन् । उनी एकीकृत समाजवादी पार्टीका कास्कीका पूर्वअध्यक्ष हुन् ।

त्यसैगरी चार उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार खड्का, गरिमा शाह र राजेन्द्र राई निर्वाचित भएका छन् ।

त्यस्तै चार उपाध्यक्षमा डा गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला र भानुभक्त जोशीका साथै महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छिन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस