भोजपुरकी २१ वर्षीया मुना पाण्डेकाे अमेरिकामा हत्या

  • पोखरा न्यूज
  • २०८१ भाद्र १२
भोजपुरकी २१ वर्षीया मुना पाण्डेकाे अमेरिकामा हत्या

पाेखरा। अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या भएको छ ।

अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको हो ।

पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पुगेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको बताइएको छ । ​

मुनाको अपार्टमेण्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेज प्रहरीले लगेको छ ।

हत्याराले उनको ओछ्यानमै पुगेर गोली हानेको भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक भएको भिडियोमा मुनालाई तीन वटा गोली हानिएको छ ।

ह्युस्टन प्रहरीले विज्ञप्ति जारी गर्दै पीडितलाई अपार्टमेन्ट भित्र धेरै वटा गोली लागेको उल्लेख गरेको छ ।

नेपालमा भोजपुरकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् ।

२१ वर्षीया मुनाकी नेपालमा आमामात्र रहेको बताइएको छ।

प्रहरीले उनको शव पोष्टमार्टमका लागि लगेको छ।

पोष्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप विवरण प्राप्त हुने बताइएको छ । ​

प्रहरीले पनि घटनाको अनुसन्धान गरिरहेको र हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस