हेमजा । पोखरा महानगरपालिका वडा नं २५ हेमजामा स्थापित हेमजा उद्मोग व्यवसाय समितिले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा बुधवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
हेमजा मिलनचोकमा आयोजित कार्यक्रममा ३२ जनाले रक्तदान गरे ।
पोखरा-२५ की कार्यवाहक अध्यक्ष धनकुमारी पोखरेलल तिमिल्सिनाले पहिलो रक्तदाता हेमजा उद्मोगका अध्यक्ष मीनराज तिम्सिनालाई व्लडव्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरिन् ।
उनले रक्तदानले परोपकार मात्र होइन दातालाई स्वास्थ्य लाभ पनि हुने बताइन् ।
कार्यक्रममा सल्लाहकार विश्वराज अधिकारी, सामुदायिक प्रहरी एवं सेवा केन्द्र हेमजाका उपाध्यक्ष देवी अधिकारी, लायन्स क्लब अफ हेमजाका अध्यक्ष सन्तमान श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाका सहसचिव कृष्णबहादुर थापाका साथै रक्तसञ्चार केन्द्रका प्रमुख महेश केसीलगायतले बोलेका थिए ।
समिति अध्यक्ष तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुशीला बास्तोलाले स्वागत र महासचिव राजेन्द्रप्रसाद बास्तोलाले सञ्चालन गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution