पाेखरा । आज विश्व आणविक हतियार परीक्षणविरुद्धको दिवस । प्रत्येक वर्ष २९ अगष्टमा संसारभर यो दिवस मनाउने गरिन्छ । सन् २००९ को डिसेम्बर २ मा संयुक्त राष्ट्रसङ्घको ६४ औँ महासभाले २९ अगष्टलाई आणविक हतियार परीक्षणविरुद्धको दिवसका रूपमा मनाउने निर्णय लिएको हो ।
आणविक हतियार परीक्षण विस्फोट वा अन्य कुनै पनि आणविक विस्फोटका प्रभाव र आणविक हतियार-मुक्त संसारको लक्ष्य प्राप्त गर्ने एउटा माध्यमको रूपमा तिनीहरूको उन्मूलनको आवश्यकताको बारेमा चेतना जगाउने उद्देश्यले यस दिनलाई मनाईन्छ । सन् २०१० मा पहिलो पटक आणविक परीक्षणविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइएको थियो ।
आणविक हतियार सामूहिक बिध्वशं गर्ने हतियार हुन् । मानव सभ्यताको विकाससँगै ढुंगे युगबाट आजको दिनसम्म आईपुग्दा तरवार, धनुषवाण, बन्दुक, हवाईजहाज हुँदै आणविक हतियारका साथ युद्ध लडेको देखिन्छ ।
दोश्रो विश्वयूद्धमा जापानको हीरोशीमा र नागासाकीमा क्रुर आणविक प्रक्षेपण भएको थियो । त्यसको असरले हीरोशीमा र नागासाकीमा अझै पनि रुख बिरुवा उम्रन सकेको छैन ।
आणविक हतियारका कारणले भएका बिकिरणका कारण बिभिन्न स्वास्थ्यलगायतका समस्या र दिर्घकालीन असर अझै पनि छँदै छन् ।
मानिसको वरपरको वातावरणमा ह्रास, आवाससम्बन्धी सेवामा अवरोध र बृहत् पर्यावरणीय असन्तुलनको संयोगबाट नयाँ खालका रोगको प्रादूर्भाव हुने, विद्यमान औषधि पद्धतिको प्रभावकारितामा असर गर्छ। सन् १९४५ को अगस्त ६ मा भएको यो आणविक प्रहारमा करिब २ लाखको मृत्यु भएको थियो ।
आधुनिक विज्ञानका अनुसार कुनै पनि पदार्थको सबैभन्दा सानो इकाई परमाणु हो र परमाणु बन्नका लागि प्रोटोन, न्युट्रोन र इलेक्ट्रोनको मिश्रण हुनु आवश्यक हुन्छ ।
पहिले-पहिले युरेनियमलाई नै रेडियो एक्टिभका लागि प्रयोग गर्ने गरिएको थियो । तर, अहिले थोरियम र प्लुटोनियमलाई समेत यसमा प्रयोग गर्ने गरिन्छ ।
एक किलोग्राम युरेनियमको विस्फोटबाट निस्किने ऊर्जा २० हजार किलोग्राम टीएनटीको विस्फोट बराबर हुन्छ । जबकि सन् १९४५ मा हिरोसिमामा खसालिएको बमको शक्ति ११ किलोटन टीएनटीको बराबर थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution