चट्याङ लागेर नातिको मृत्यु, स्वास्थ्य स्वयंसेविका समेत रहेकी हजुरआमा घाइते

  • पोखरा न्यूज
  • २०८१ भाद्र १३
चट्याङ लागेर नातिको मृत्यु, स्वास्थ्य स्वयंसेविका समेत रहेकी हजुरआमा घाइते

|प्रतिनिधि तस्बिर

दैलेख । दैलेखमा बुधबार साँझ चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आठबीस नगरपालिका वडा नं. ५ पिपलकोटका दुई वर्षीय बालक रोशन विष्ट रहेका छन् ।

सोही घटनामा स्वास्थ्य स्वयंसेविका समेत रहेकी उनकी हजुरआमा ४६ वर्षीया कमला विष्ट घाइते भएको दैलेख प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको छ ।

घाइते कमलाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

बुधबार साँझ पानी परेको समयमा आफन्तको घरमा ओत लाग्न गएमा बेला चट्याङ परेको थियो ।

दैलेखमा केही दिनअघि पनि चट्याङ लागेर एक जनाको मृत्यु भएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस