
पाेखरा। नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
बिहीबार सुन तोलाको एक सय रुपैयाँले बढेको हो ।
योसँगै सुन तोलामा एक लाख ५३ हजार दुई सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बुधबार सुनको मूल्य एक लाख ५३ हजार एक सयमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर एक हजार आठ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।





