|फाइल तस्बिर
पोखरा । पोखरादेखि मुस्ताङको जोमसोमसम्मको हवाई सेवा झन्डै दुई महिनापछि सुचारु भएको छ । हवाई सेवा प्रतिकुल मौसमका कारण गत असार १७ देखि स्थगित भएको थियो ।
जोमसोम विमानस्थलका प्रमुख केशव लम्सालका अनुसार दुई महिनापछि समिट एअरलायन्सले बिहीबार पाँच वटा उडान भरेको छ ।
ती उडानमार्फत ९० जना यात्रु मुस्ताङ भित्रिएका छन् । मौसममा सुधार र पर्यटकीय सिजनसमेत सुरू हुन लागेकाले स्थगित पोखरा-जोमसोम हवाई सेवा सञ्चालन गरिएको उनले बताए ।
बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा पहिरोका कारण यातायात सेवा प्रभावित हुँदै आएको अवस्थामा हवाई सेवा पुनः सुरू भएपछि मुस्ताङका स्थानीय बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution