युवा सोँच र जोशसहित चुनावी मैदानमा ‘सौगात’

  • पोखरा न्यूज
  • २०८१ भाद्र १३
युवा सोँच र जोशसहित चुनावी मैदानमा ‘सौगात’

पोखरा । पोखरा उद्योग वाणिज्य संघ आशन्न संघको ३५औँ महाधिवेशनमा युवा व्यवसायी सौगात थापाले कार्यसमिति सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् ।

सौगातले अध्यक्षका उम्मेद्वार अर्जुन पोखरेलको समूहबाट कार्यसमिति सदस्यमा उम्मेद्वारी दिएका छन् । सौगात संघको ३४औँ महाधिवेशन पछि कार्यसमिति सदस्यमा मनोनित भएका थिए । उनी यस पटक प्रत्यक्ष निर्वाचन लड्दैछन् । उनी पोखराको व्यवसायिक घराना अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक हुन् ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री तथा संघकै पूर्वअध्यक्ष विन्दुकुमार थापाका छोरा हुन् उनी । त्यसैले पनि उनले उम्मेद्वारी घोषणा गरेसँगै चासो र चर्चा चुलिएको छ ।

सौगात नयाँ पुस्ताका लागि उदाहरण हुन् । व्यवसायलाई परिमार्जित गर्दै गरिएको लगानीले समेत उनको व्यवसायिक आकार र आयतनमा फेरबदल ल्याएको छ ।

आजको आवश्यकता अनुसार बगैँचा रिर्सोट एण्ड स्पा रिनोभेसन हुँदैछ । ३१ एभिन्युु नाम दिएर बन्दै गरेको मिक्सिड युुज ब्लिडिङले साच्चै पोखराको पर्यटन क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ । नेपालकै नमुना ब्लिडिङमा होटलसँगै अन्य लक्जरी सुविधा एउटै छानामुनी उपलब्ध गराउने लक्ष्यका साथ सौगात लगानी गर्दैछन् ।

लेकसाइडस्थित सेन्टरपोइन्टमा रहेको अंशुभरा स्क्वायर मलले समेत सौगातको साेँचलाई फरकपन दिएको छ । पोखराको चिप्लेढुंगास्थित पोखरा ट्रेडमलको बोर्ड अफ डाइरेक्टरसमेत रहेका सौगातले आफ्नै सक्रियतामा उक्त व्यवसायलाई परिमार्जित रुप दिँदैछन् ।

अंशुभराको अटोमोबाइल, रियल स्टेट, हस्पिटालिटी र वित्तीय संस्थामा लगानी छ । अंशुभरा अब ब्राण्ड बन्दै छ । एउटै छानामुनि सबै खालको सुविधा उपलब्ध गराउने हेतुले खोलिएको उक्त कम्पनीमा धेरै आश्रित छन् ।

व्यवसायसँगै सामाजिक कार्यमा समेत सौगातको सक्रियता पाइन्छ । पोउवासंघमा आबद्ध भई व्यवसायीको हक, हित र अधिकारका लागि आवाजलाई बुलन्द बनाउने बाटोमा उनको यात्रा अघि बढ्दैछ ।

पछिल्लो समय राजनीतिमा अब युवा भन्ने भाष्य स्थापित भएको छ । सौगात पनि युवाको प्रतिनिधित्व गर्ने गरी चुनावी मैदानमा छन् । उद्यम, कृषि र पर्यटनलाई आत्मसात् गर्दै यस क्षेत्रमा युवालाई प्रवेश गराउने उद्देश्य उनको छ ।

“पछिल्लो समय युवामा वितृष्णा आएको छ, सम्भावना हुँदाहुँदै पनि देश छाडेर परदेश गएका छन्, युवालाई स्वरोजगार गराउने उद्देश्य स्वरुप अर्जुुन पोखरेलको समूह लागिरहेको छ’, उनी भन्छन्, ‘हामी कुरा होइन काम गर्नका लागि आएका हौँ, पोखरेली व्यवसायीको हितबमोजिम नै काम गर्छौं, यसमा हाम्रो टीम एकरुप भएर अघि बढ्छ ।”

संघको साख जोगाउन र सम्पूर्ण व्यवसायीलाई एकीकृत गराई उनीहरुका समस्या समाधान गर्न आफू अघि बढ्को उनले बताए ।

नयाँ पुस्ताको नयाँ सोँचमा संघ चल्नुपर्छ भन्ने उनको धारणा छ । आर्थिक मन्दीले पोखराका व्यवसायीले भोग्नुपरेका समस्यालाई समाधान गर्न पहल गर्ने उद्देश्यसहित सौगात अघि बढिरहेका छन् । उनको एउटै ध्येय “सबल, सक्षम, सुदृढ र आत्मनिर्भर उद्योग वाणिज्य संघ” हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस