पोखरा । ग्लोबल आइएमई बैंक लिमिटेड, एमएडब्लु वृद्धि मोटर्स र एमएडब्लु वृद्धि अटोकर्प बिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझ्दारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लु वृद्धि मोटर्स प्रालि तथा एमएडब्लु वृद्धि अटोकर्प मोटर्स प्रालिका ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।
समझ्दारी अनुसार एमएडब्लु वृद्धि मोटर्स एवं एमएडब्लु वृद्धि अटोकर्प मोटर्स तथा कम्पनीका आधिकारिक विक्रेताले विक्री गर्ने विद्युतीय गाडी दीपल, सेरेस र नाम्मी खरिद गर्ने व्यक्ति वा कम्पनीले आवश्यक कागजातसहित बैंकमा निवेदन दिएको तीन कार्यदिन भित्र बैंकले सरल ब्याजदरमा कर्जा उपलब्ध गराउने छ ।
दीपल र सेरेस ब्राण्डका विद्युतीय गाडी नेपाली प्रयोगकर्ता माँझ लोकप्रिय छ र उक्त कम्पनीले नाम्मी ब्राण्डको नयाँ विद्युतीय गाडी नेपाली बजारमा विक्री सुरुआत गरिसकेको छ ।
न फाइनान्सिङ प्रवर्द्धन गर्न बैंकले विद्युतीय सवारीसाधनलाई सर्वसुलभ व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ ।
बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले तीन सय ५४ शाखा कार्यालय, तीन सय ७९ एटिएम, दुई सय ५५ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सय भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाईल सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution