पोखरा । नेपाल खानेपानी संस्थान सञ्चालक समिति सदस्य नारायणी जिसीले २०४६ सालको ऐन हालसम्म संशोधन नहुँदा संस्थान कमजोर भएको बताएकी छन् ।
पोखरा खानेपानी सुधार आयोजनाको निरीक्षण गर्ने क्रममा कर्मचारीको भेट्घाटमा छिटो भन्दा छिटो ऐन पास गराउनेतर्फ सबैको ध्यान जानुपर्ने बताइन् ।
नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समितिद्वारा आयोजित हालै जिम्मेवारी प्राप्त गरेका इन्जिनियरिङ महाशाखा प्रमुख ई.निरण महर्जनलाई बधाई तथा स्वागत कार्यक्रममा बोर्ड सदस्य जिसीले आफूले संस्थान हितमा बनाएको पाँच वटा कार्यविधि व्यवस्थापनले स्वार्थ राख्दा पूरा हुन नसकेको बताइन् ।
भत्ता खान हस्ताक्षर गर्ने प्रवृत्तिको अन्त्य आफूले चाहेको भन्दै जिसीले नीतिगत निर्णय नहुँदा सिंगो संस्थान र कार्यरत कर्मचारीको भविष्य अन्याेलमा परेको उल्लेख गरिन् ।
केन्द्रीय कार्यालय सिस्टममा नचल्दा शाखा कार्यालयमा समस्या परेको, व्यवस्थापनले आफ्नो अधिकार मन्त्रालयमा सुम्पने गरेको, प्रभावकारी सेवा दिन नसकेको उनले बताइन् ।
सदस्य जिसीले अर्थमहाशाखाको जिम्मेवारी हेरफेर भएसँगै ७७ करोड रुपैयाँ अर्थमन्त्रालयबाट संस्थानलाई प्राप्त हुनु सकारात्मक भएको टिप्पणी गरिन् ।
इन्जिनियरिङ महाशाखा प्रमुख ई.निरण महर्जनले सही सूचनाको पहुँचमा केन्द्रीय कार्यालय हुनु पर्नेमा जोड दिए ।
संस्थान हितमा कुनै पनि निर्णय गर्न सञ्चालक समितिलाई नडराउन आग्रह गर्दै व्यक्तिगत स्वार्थ त्यागेर संस्थागत निर्णयमा सवैको हातेमालो आवश्यक भएको बताए ।
महर्जनले धारा संख्याको आधारमा बजेट विनियोजन हुने, फाइल बोकेर प्रधान कार्यालय जान बाध्य व्यवस्था हट्ने, कमर्सियलरुपमा धारा वितरण तथा न्यायोचित व्यवहार हुनेलगायत संस्थान सुधारलाई कठोर कदम चाल्न आफू पछि नहट्ने स्पष्ट पारे ।
नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समिति अध्यक्ष केदार धमलाले कर्मचारी सेवा शर्त विनियमावली नहुँदा कर्मचारीको बृद्धिविकास ठप्प बनेकोले छिटो भन्दा विनियमावली दिन खानेपानी मन्त्रालयसँग आग्रह गरे ।
उनले संस्थानमा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको सेवा सुरक्षा ज्ञारेन्टी हुनु पर्ने, सामाजिक सुरक्षा कोषमा आवद्ध बनाउनु पर्ने, कर्मचारी बीच भएको विभेदको अन्त्य हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पोखरा शाखाका प्रशासन प्रमुख विष्णुप्रसाद रेग्मी, नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका महासचिव वसन्तराज भण्डारीलगायतले बोलेका थिए ।
नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति कार्यवाहक अध्यक्ष रेखा केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन इकाई सचिव विमल तिम्सिनाले गरेकी थिइन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution