पोखरा । पृथ्वी राजमार्गको विकल्पमा शाखा बाटो सञ्चालन गर्ने प्रयासमा वडा कार्यालय पोखरा-२६ जुटेको छ ।
सो शाखा बाटो सिलिङ्गे साँघुकोमुख-ढल्केपुल हुँदै पोखरा-१३ जोडिने पोखरा-२६ का वडाध्यक्ष नरेन्द्र थापाले जानकारी दिए ।
तीन महिनाभित्रै सक्ने गरी बाटोको काम बिहीबारबाट शुभारम्भ भएको छ । सो बाटोको वडाध्यक्ष थापाले शिलान्यास गरे ।
ठेकेदार कम्पनीले सम्झौतामा लेखिएको भन्दा तीन महिना अघि नै सक्ने गरी काम गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।
बाटो निर्माण भएपछि बर्षौँदेखिका स्थानीयका दुःख अन्त्य हुने उनको विश्वास छ ।
बाटो निर्माणसँगै मादी गाउँपालिकाका केही भाग, पोखरा-२८ र २६ का स्थानीयलाई पोखरा पुग्नका लागि छोटो बाटो बन्ने वडाध्यक्ष थापाको दावी छ ।
उनले भने, ‘जनताका दुःख देखाएर राजनीति गर्ने परम्पराको अन्त्य गर्दै जनताका दुःखलाई अन्त्य गर्ने अभियानमा हामी लागिपरेका छौँ, विजयपुर पुलको मात्र भर पर्दा समस्या आउन पनि सक्छ भनेर डहरे साँघुको आफ्नो वडातर्फको काम सम्पन्न गरिसकेका छौँ ।’
अब बुढीबजार खराने हुँदै राखी डाँडासम्मको काम पनि शुभारम्भ हुने र कालिकाचोक जल्धारे थुमको डाँडाको काम पनि लगत्तै सुरु हुने उनले स्पष्ट पारे ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution