पोखरा । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुवानी मैदानमा होमिएको अर्जुन पोखरेल समूह यतिबेला घरदैलोमा व्यस्त छ ।
भाद्र २८ र २९ गते हुँदै गरेको ३५औं महाधिवेशनका लागि पोखरेल प्यानल मतदाताको समस्या सुन्दै र मत माग्दै हिंडिरहेको छ ।
बिन्ध्यवासिनी मन्दिरको दर्शन गरी घरदैलो सुरु गरेको टोलीले लामाचौरदेखि छोरेपाटन सम्मका व्यवसायीको पीर मर्कालाई सुनेर सम्बोधन गर्न प्रत्यत्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
व्यवसायीको घरदैलोमा पुग्दा पोखरेल प्यानललाई राम्रो समर्थन मिलेको छ । सम्भावना बोकेको टोली घरमै पुग्दा व्यवसायी दंग छन् ।
युवा जोस र जाँगर अनि भिजन बोकेर हिंडेको टोलीले जित्ने विश्वास मिलेको छ । उद्योग वाणिज्य संघको छविलाई उचाल्न पोखरेल प्यानलको जीत सुनिश्चित भएको तर्क व्यवसायीको छ । अर्जुन पोखरेल समूह १५ बुँदे प्रतिबद्धता पत्रसहित घरदैलोमा पुगेको हो ।
“सम्मानित संघ, समुन्नत व्यवसाय” नारालाई आत्मसात् गर्दै संघलाई आम पोखरेलीको साझा घरको रुपमा विकास गर्ने संकल्प पोखरेलको छ । आफू निर्वाचित भएमा साना, मझौला र ठूला व्यावसायीका समस्यामा साथै रहने पोखरेलले उल्लेख गरेका छन् ।
अर्जुन समूहको वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उपाध्यक्ष (उद्योग) मा दिनेशचन्द्र बास्तोला, उपाध्यक्ष (वाणिज्य) मा बलराम आचार्य, महासचिवमा शोभा गौतम, कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ, उपमहासचिवमा बालकृष्ण कोइराला छन् ।
यस्तै कार्यसमिति सदस्यमा भीम गौतम, जीवन प्रकाश श्रेष्ठ, प्रेमप्रसाद सुवेदी, सौगात थापा, लेखनाथ सुवेदी, देवेन्द्र प्रजु, टिकाराम सुवेदी (माधव), ललितबहादुर कुँवर, दुधमान (आशिष) गुरुङ, यादवप्रसाद पोखरेल छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution