|प्रतीकात्मक तस्वीर ।
पाँचथर । पाँचथरमा विस्फोट हुँदा घाइते भएकी एक बालिकाको ज्यान गएको छ ।
फालेलुङ गाउँपालिका वडा नं ५ प्राङवुङमा विस्फोट हुँदा अढाइ वर्षीया प्रिन्सा साँवा रहेकी छन् ।
विस्फोटमा गम्भीर घाइते भएकी प्रिन्साको जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि झापास्थित बीएन्डसी मेडिकल कलेजमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घटनामा डाँडागाउँका ११ वर्षीय छोरा दिप्सन, ९ वर्षीय पवन राई घाइते भएको डबताईको छ ।
पवनको जिल्ला अस्पतालमै उपचार भइरहेको छ भने लिप्सनलाई थप उपचारका लागि बीएन्डसी मेडिकल कलेज झापा लगिएको छ ।
बिहीबार दिउँसो करिब २ बजेतिर ठूलो आवाजमा विस्फोट भएको थियो । विस्फोट भएलगत्तै गएर हेर्दा बालबालिका घाइते अवस्थामा भेटिएका स्थानीयले बताएका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution