सुर्खेत । घोगा लाग्न थालेका मकैबालीमा हावाहुरीले क्षति पुर्याउँदा जाजरकोट नलगाड नगरपालिका-८ हल्चौरका किसान चिन्तित भएका छन् । घोगा लाग्न थालेका मकै नष्ट भएपछि यहाँका किसान चिन्तित बनेका हुन् ।
मुख्यबालीका रुपमा रहेको मकैबालीमा हावाहुरीले बोट भाँचिदिएपछि समस्या उत्पन्न भएको किसान हरिबहादुर खत्रीले बताए ।
यहाँका चार सय भन्दाबढी परिवारले लगाएका सयौँ रोपनी मकैबालीमा क्षति भएपछि खाद्यान्न सङ्कट पर्ने उनले उल्लेख गरे ।
बुधबार आएको हावाहुरीले भएको क्षतिबारे प्रहरीले विवरण सङ्कलन गरिरहेको किसान विष्णु खत्रीले जानकारी दिए ।
भूकम्पबाट प्रभावित भएको ठाउँमा फेरि हावाहुरीले अन्नबाली नष्ट गरेपछि समस्या भएको उनको भनाइ छ ।
नलगाड–८ का वडाध्यक्ष तेजबहादुर सिंहले ठूलो मात्रामा किसानका मकैबाली नष्ट भएको बताए । वडामा सहयोग गर्न रकम नभएकाले सरोकार भएका अन्य निकायसँग क्षतिपूर्तिका लागि पहल गर्ने उनले उल्लेख गरे ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution