ग्रिनेड विष्फोटः एकै घरका दाजुबहिनीको मृत्यु, अन्य दुई बालकको उपचार जारी [अपडेट]

  • पोखरा न्यूज
  • २०८१ भाद्र १४
ग्रिनेड विष्फोटः एकै घरका दाजुबहिनीको मृत्यु, अन्य दुई बालकको उपचार जारी [अपडेट]

|प्रतीकात्मक तस्वीर ।

पोखरा । पाँचथरमा ग्रिनेड विष्फोट हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृत्यु हुने एक घरका दाजु बहिनी हुन् ।

मृत्यु हुनेमा फालेलुङ गाउँपालिका वडा नं ५ प्राङवुङका ११ वर्षीय दिप्सन साँवा र उनकी बहिनी अढाई वर्षीया प्रिन्सा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

उनीहरुको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि झापास्थित बीएन्डसी मेडिकल कलेजमा लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

सोही घटनामा अन्य दुई बालक पनि घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।

बिहीबार दिउँसो करिब २ बजेतिर ठूलो आवाजमा विस्फोट भएको थियो । विस्फोट भएलगत्तै गएर हेर्दा बालबालिका घाइते अवस्थामा भेटिएका स्थानीयले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाका अनुसार प्रारम्भिक अनुसन्धानमा विष्फोट भएको वस्तु ह्याण्ड ग्रिनेड भएको पत्ता लागेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस