पोखरा । काभ्रेमा बिहीबार साँझ बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । मृत्यु हुने महिलाको सनाखत हुन सकेको छैन ।
जिल्लाका भुम्लु गाउँपालिका वडा नं १० स्थित ५६ किलो भन्ने स्थानमा काठमाडौंबाट बाह्रबिसेतर्फ गइरहेको बा२ख ९०६४ नम्बरको बसले सडकमा हिंडिरहेकी ती महिलालाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएकी ती महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा चिकित्सकले गए राति मृत घोषणा गरेको हो ।
बस चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-८ का ५१ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution