पोखरा । रोट्रर्याक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजनामा रोट्रर्याक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट (अध्यक्षहरुको भेला) पोखरामा सम्पन्न भएको छ ।
भेलामा देशभरका रोट्रर्याक्ट क्लबका अध्यक्ष एवं रोट्रर्याक्ट डिष्ट्रिक्ट कमिटी पदाधिकारीलगायत सहभागी थिए । कार्यक्रममा रोट्रर्याक्ट डिष्ट्रिक्ट डाइरेक्टरीको विमोचनसँगै रोट्रर्याक्ट गीतसमेत रिलिज गरिएको थियो ।
रोट्रर्याक्ट क्लब अफ भरतपुर, बुटवल साउथ, न्यूरोड पोखरा, पोखरा फिस्टेल, पोखरा जिएमसी, पोखरा लेकसाइडको र रोट्रर्याक्ट क्लब अफ पोखराको आतिथ्यतामा भएको भेलामा रोट्रर्याक्ट क्लब अफ हेम्जा, तिलोत्तमा रुपन्देही, पशुपति काठमाडौँ, हेटौंडा, पाटन हेरिटेज र पोखरा युनिभर्सिटीको सहआतिथ्यता रहेको थियो ।
रोट्रर्याक्ट क्लब अफ न्यूरोड पोखराका अध्यक्ष श्रीनाथ वाग्ले र रोट्रर्याक्ट डिष्ट्रिक्ट ३२९२ का डिआरआर विक्रम क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रम संयोजक एवं रोट्रर्याक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानका एडिआरआर विश्वदर्शन पराजुलीको स्वागत गरेका थिए भने नम्रता लम्साल, अदित आचार्य र डिष्ट्रिक्ट सेक्रेटरी सुविन खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।
भेला उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले रोट्रयाक्टको माध्यमबाट व्यक्तित्व र नेतृत्व विकास हुने बताए ।
उनले सामाजिक योगदानका लागि अघि बढेका देशैभरका रोट्रर्याक्ट क्लबका अध्यक्ष एव रोट्रर्याक्ट अभियन्तालाई पर्यटकीय राजधानी पोखरामा स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताए ।
कार्यक्रममा रोटरी डिष्ट्रिक्ट गभर्नर विनोद कोइराला, डिआरसी चियर कृष्णप्रसाद पाण्डे, डिआरआर दिनेश गैरे, रोटरी डिष्ट्रिक्ट मेम्बरसिप कमिटी चियर सुवास सिग्देल, प्रेसिडेन्ट नाइट कार्यक्रम संयोजक विश्वदर्शन पराजुली, रोट्रयाक्ट डिष्ट्रक्ट कन्फ्रेन्स चियर रितेश ज्ञवाली, डिआरसी ध्रुव केसी, रेशम खड्का, मीलन ढकाल, सुस्मीता केसी सहभागी थिए ।
रोट्रर्याक्ट बर्ष २०२४/२५ लाई प्रभावकारी एवं उत्कृष्ट रुपले अघि बढाउन भेलाले महत्वपूर्ण भूमिका खेल्ने डिआरआर बिक्रम क्षेत्रीले बताए ।
कार्यक्रममा रोटरी डिष्ट्रिक्ट गभर्नर विनोद कोइराला, डिआरसी चियर कृष्णप्रसाद पाण्डे, डिआरआर दिनेश गैरे, रोटरी डिष्ट्रिक्ट मेम्बरसिप कमिटी चियर सुवास सिग्देल, डिआरसी अर्जुन खनाललगायतले बोलेका थिए ।
भेलामा सहभागीलाई पोखराका महत्वपूर्ण पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणसँगै विभिन्न साङ्गीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution