गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीद्वारा सपथ, मन्त्री मनाङेद्वारा राजीनामा

  • पोखरा न्यूज
  • २०८१ भाद्र १७
गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीद्वारा सपथ, मन्त्री मनाङेद्वारा राजीनामा

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त चार जना मन्त्रीले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी (श्रेष्ठ), स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक, उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

नेपाल पर्यटन बोर्ड पोखराको सभाकक्षमा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, सरकारका मन्त्रीहरू, उच्च पदस्थ कर्मचारीलगायतको उपस्थिति थियो ।

यसैबबीच मन्त्रालय परिवर्तन गरिएपछि भौतिक योजना मन्त्रालय सम्हालिरहेका दीपक मनाङेले राजीनामा दिएका छन् ।

एमालेलाई सरकारमा सामेल गराउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन मन्त्रालयमा पठाएका थिए ।

तर उनले त्यसमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।

मनाङेले सम्हाल्दै आएको भौतिक मन्त्रालय एमालेका प्रकाशबहादुर केसीले पाएका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस