पोखरा । धादिङ त्रिपुरा बाराही महिला समूहले पोखरा-६ स्थित नीलसागर सेवा आश्रममा सहयोग गरेको छ । कुशेऔँसीको अवसर पारेर सोमबार समूहले २६ हजार तीन सय एक रुपैयाँ आश्रममा सहयोग गरेको हो ।
आश्रममा आश्रित २१ जना छन् । उनीहरुकाे खानाका लागि उक्त रकम सहयोग गरिएको समूह अध्यक्ष बबीता मल्ल इटनीले जानकारी दिइन् ।
अध्यक्ष मल्लसहित समूहका पदाधिकारी तथा सदस्यले आश्रमका अभिभावक आनन्द दाहाललाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा समूहकी कार्यक्रम संयोजक रेञ्जु थापाले समूहको बारेमा र आश्रमका दाहालले आश्रमका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रम सञ्चालन समूहकी सचिव रचना अधिकारीले गरेकी थिइन् ।
अध्यक्ष मल्लले भनिन्, ‘भाद्रकृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशेऔंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ, यो विशेष दिनलाई सांस्कृतिक र धार्मिक महत्व बोकेको पर्वको रूपमा चिनिन्छ, यो पर्व विशेषगरी पितृ पुण्य र श्रद्धका लागि प्रसिद्ध छ, यसैको छेको पारेर सहयोग गरेका हौँ ।’
समूहमार्फत विगतमा पनि यस दिनमा सहयोग गरिँदै आएको उनले बताइन् । धादिङमा जन्म तथा कर्म घर भएका दिदीबहिनी आवद्ध समूहले विभिन्न रचनात्मक काम गर्दै आइरहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution