कञ्चनपुर । कञ्चनपुरमा ३५ किलोको अजिङ्गर भेटिएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका-७ वर्का सिङ्पुरका स्थानीयको उखुबारीमा ३५ किलो तौल र १३ फिट लम्बाइ भएको ब्रुमाइज पाइथान (अजिङ्गर) भेटिएको हो ।
उक्त अजिङ्गरको उद्धार गरिएको छ । अजिङ्गरको सोमबार साँझ उखुबारीबाट उद्धार गरी स्थानीयले सिंहपाल सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको सामुदायिक वनका अध्यक्ष पविराम थारुले जानकारी दिए ।
अजिङ्गर आहाराको खोजीमा बस्ती नजिकको उखुबारीमा आएको हुनसक्ने सामुदायिक वनका अध्यक्ष थारुले बताए ।
वन क्षेत्रमा रहेका तालतलैया र सीमसार क्षेत्र संरक्षण गरिएपछि अजिङ्गरलगायत सरीसृपको सङ्ख्या बढ्दै गएको उनले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution