पोखरा । नेपाली कांग्रेसले कास्कीका ७२ वटै वडामा एकै पटक क्रियाशील सदस्यताको प्रमाणपत्र वितरण गर्ने भएको छ ।
यही भदौ २४ गते महामानव एवं कांग्रेस संस्थापक सभापति विपि कोइरालाको १११औँ जन्मजयन्तीको अवसर पारेर कास्कीमा क्रियाशील सदस्यताको प्रमाणपत्र वितरण गरिने भएको हो ।
क्रियाशील सदस्यताको प्रमाणपत्र वितरणसँगै प्रशिक्षणसमेत हुनेछ । यस कार्यक्रमका लागि पार्टीले प्रत्येक वडामा प्रतिनिधि खटाएको छ ।
साथै पार्टीले सबै वडामा परिपत्र जारी गरी कार्यक्रमको तयारीमा जुट्न निर्देशन दिएको प्रवक्ता युवक लामिछानेले जानकारी दिए ।
कार्यक्रमको तयारीअन्तर्गत ७२ वटै वडामा खटिने प्रतिनिधि र वडा सभापतिका लागि मंगलबार प्रशिक्षण दिइएको छ ।
पार्टी सभापति किशोरदत्त बराल र अधिवक्ता रामचन्द्र त्रिपाठीले सहभागीलाई प्रशिक्षण दिएका हुन् ।
सभापति बरालले २४ गतेको कार्यक्रममा सबै क्रियाशील सदस्यलाई उपस्थित गराएर भव्य कार्यक्रम सम्पन्न गर्न वडासभापति तथा प्रतिनिधिलाई निर्देशन दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution