पोखरा । पोखरा उद्योग वाणिज्य संघको वाणिज्यतर्फका उम्मेद्वार रामेश्वर अधिकारीले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् ।
मंगलबार राति करिब ९ः१५ बजे सामाजिक सञ्जालमार्फत उनले उम्मेद्वारी फिर्ता लिई बलराम आचार्यलाई सघाउने घोषणा गरे ।
योसँगै अर्जुन पोखरेल समूहबाट उम्मेद्वारी दिएका आचार्य निर्विरोध निर्वाचित भएका छन् ।
आचार्यले फराकिलो छाति बनाएर आफूलाई सघाइदिएकोमा अधिकारीप्रति आभार प्रकट गरे । उनले अधिकारीको यो माया, सद्भाव र समर्थनप्रति आफू सधैँ ऋणि हुने बताए ।
अधिकारीले पोखरेलको टिमलाई मजबुत बनाउँदै संघको गरिमालाई उचाइमा पुर्याउन आफूले उम्मेद्वारी फिर्ता लिएको स्पष्ट पारेका छन् ।
यस्तो छ अधिकारीको भनाइ
नेपालकै पुरानो गरिमामय संघ पोखरा उद्योग बाणिज्य संघको ३५औं महाधिवेशनमा मेरो वाणिज्यतर्फको उपाध्यक्ष पदमा उमेदवारी दर्ता गरी व्यवसायी बिच भोट माग्दै आएको कुरा आदरणीय उद्योगी व्यवसायी ज्युहरुलाई अवगतै छ ।
तथापि यस गरिमामय संघको मर्यादा कायम राख्ने र आवश्यक परेमा व्यवसायी विच समन्वय गर्ने प्रतिबध्दता ब्यक्त गर्दै पोखरा उद्योग वाणिज्य संघका मेरा प्रिय मित्र अर्जुन पोखरेल ज्यूको टिमलाई मजबुत बनाउने र संस्थाको गरिमा सधै उच्च राख्न सक्ने क्षमता भएका अर्जुन पोखरेल प्यानलका सम्पूर्ण टिमलाई सपोर्ट गर्ने गरी मेरो सहयात्री मित्र बलराम आचार्य ज्यूलाई वाणिज्य उपाध्यक्षमा पदमा आफ्नो उम्मेद्वारी फिर्ता गरी यस टिमलाई समर्थनसहित संस्थाको उच्च मूल्यांकन गरी पूर्वअध्यक्षज्यूहरु साथै अग्रज उद्योगी व्यवसायीज्यूहरुलाई सम्मान व्यक्त गर्दै यस टिमलाई अग्रिम शुभकामनाका तथा बधाई दिँदै मलाई स्वतन्त्र रूपमा उम्मेद्वार सहर्ष स्वीकार गरी सहयोग गर्नुहुने आदरणीय मेरा अग्रज एवं पूर्व अध्यक्षज्यूहरु र व्यवसायिक मित्रहरुमा हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दछु ।
भवदीय
रामेश्वर अधिकारी
जय उद्योगी व्यवसायी
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution