चुनावी मैदानमा ‘ढाकाटोपी बाजे’

  • पोखरा न्यूज
  • २०८१ भाद्र १९
चुनावी मैदानमा ‘ढाकाटोपी बाजे’

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५औँ महाधिवेशन नजिकिएसँगै पोखरामा चुनावी सरगर्मी बढेको छ ।

महाधिवेशनबाट चुनिएर संघको नेतृत्व, पदाधिकारी तथा सदस्य बन्नका लागि उम्मेद्वारी दिएका उम्मेद्वार मतदाता उद्योगी, व्यवसायीका घरदैलोमा पुग्नेक्रम जारी छ ।

संघको निर्वाचनबाट चुनिने १० सदस्य पदमा १४ जनाको उम्मेद्वारी परेको छ । जसमा लामो समय कपडा व्यवसाय गरेका र विभिन्न संघसंस्थामार्फत सामाजिक, व्यवसायिक सेवा गरेका रामचन्द्र तिमिल्सिना (ढाकाटोपी बाजे) एक हुन् ।

उनी उम्मेद्वारी दर्ता गरेर मतदाता भेट्घाटमा सक्रिय छन् । भेट्घाटका क्रममा संघका सदस्य तथा एक कपडा व्यवसायीले इमान्दार व्यक्तित्व उम्मेद्वार बनेकामा खुशी प्रकट गरे ।

उनले भने, ‘उहाँ (तिमिल्सिना) इमान्दार व्यक्तित्व हुनुहुन्छ, उहाँको उम्मेद्वारीले पोखरा उद्योग वाणिज्य संघप्रति आशा र भरोषा बढेको छ ।’

‘तिमिल्सिनाले नेतृत्व गरेका संस्था राम्रोसँग अघि बढेको छ, उहाँले बोलेका कुरा फत्ते गरेरै छाड्नुहुन्छ’, उनले थपे ।

तिमिल्सिना साँघुमुख-महेन्द्रपुलस्थित टोपी बाजेको कपडा पसल र शुभ आशिर्वाद फेन्सी स्टोर्सका सञ्चालक हुन् ।

कास्कीकोटमा जन्मिएका उनी कपडा व्यवसायी एशोसिएशनको वरिष्ठ उपाध्यक्ष हुन् । उनले साँघुमुख महेन्द्रपुल बजार समितिको नेतृत्व गरिसकेका छन् ।

साथै उनी श्रीपति बचत तथा ऋण सहकारी संस्थाको सल्लाहकार र कास्कीकोट सम्पर्क समितिका निवर्तमान सहसचिव हुन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस