झापा । झापाको दमकमा गौहत्या भएपछि हिन्दूवादी आन्दोलित भएका छन् । हिन्दूवादीसहित विभिन्न राजनीतिक दलले गौहत्या जस्तो जघन्य अपराधिक कार्यमा संलग्न व्यक्तिको खोजी गरी सार्वजनिक गर्न र कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी दमक नगर समितिले बुधबार दमकमा पत्रकार सम्मेलन गरी यो अति निन्दनीय, घृणित र संविधान विरोधी हर्कत गर्ने जो कोही भए पनि सरकारी तवरबाट तुरुन्त खोजी गरी त्यस्ता व्यक्ति वा समूहलाई हदैसम्मको कार्वाही गर्न र यस्तो हर्कत गर्ने जो कोहीलाई निरुत्साहित गर्न माग गरेको छ ।
नगर समितिका अध्यक्ष हेम सुवेदी र सचिव अर्जुन रेग्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो जघन्य आपराधिक कार्यले मुलुकमा बढ्दै गएको धार्मिक सहिष्णुतालाई खलल पुग्ने मात्र होइन गौमाताप्रति अगाध विश्वास राख्ने आम जनमानसमाथि खुल्ला चुनौती दिएको र सिंगो समाजलाई नै मुठभेडको स्थिति निम्त्याएको छ ।’
विज्ञप्तिमा दोषीलाई कारवाहीको दायरामा ल्याउन जस्तोसुकै मूल्य चुकाउनु परे पनि पछि नपर्ने चेतावनी दिइएको छ ।
त्यस्तै ब्राह्मण समाज नेपाल जिल्ला समिति झापाले पनि प्रेस विज्ञप्ति जारी गरी समाजलाई आतंकित पारी मुठभेडतर्फ लैजान उद्धत गर्ने त्यस्ता तत्वहरुलाई सुक्ष्म अध्ययन गरी हदैसम्मको कारबाही गर्न स्थानीय प्रहरी प्रशासनसँग माग गरेको छ ।
सो घटनाको विरोधमा राप्रपा दमकले इलाका प्रहरी कार्यालय दमकमा ज्ञापनपत्र बुझाएको राप्रपाका प्रदेश सदस्य राजु खड्काले जानकारी दिएका छ्न् ।
गौहत्याको सर्वत्र विरोध पश्चात दमक नगर नगरपालिकाले विज्ञप्ति जारी गरेको छ ।
नेपालमा कानूनले वर्जित गरेको जघन्य अपराध गर्ने जो कोही भए पनि निजलाई पक्राउ गरी कारबाही गर्न मागसहित नगरप्रमुख रामकुमार थापा द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
भदौ १८ गते राति झापाको दमक नगरपालिका वडा नं १ का लक्ष्मण विष्टले पालेको गर्भिणी गाई चोरी गरी दुई सय मिटर पर लगेर विभत्स हत्या भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution