पोखरा । पोखरा महानगरपालिका वडा नं १६ लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलको सीपीएस तथा सीपीआरएस अभिभावक कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा नर्सरीदेखि ३ सम्मका विद्यार्थी एवं अभिभावक सहभागी थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं प्राचार्य सुरेन्द्रमानसिंह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहप्राचार्य कृष्ण लम्सालले सहभागीलाई स्वागत गरेका थिए । विद्यालयकी शिक्षिका प्रिती गुरुङले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा विद्यार्थीले विविध सांस्कृतिक गतिविधि प्रस्तुत गरेर अभिभावकलाई मनोरञ्जन दिएका थिए ।
यसैगरी विद्यालयमा कक्षा स्तरीय तीज गीत प्रतियोगितासमेत सम्पन्न भएको सहप्राचार्य लम्सालले जानकारी दिए ।
विद्यार्थीलाई लोक संस्कृतिकप्रति सचेत गराइ आफ्नो सांस्कृतिक वैभवका रुपमा रहेका गीत र सङ्गीतप्रतिको मोह जगाउन तीज गीत प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
प्रतियोगी विद्यार्थीले लोकबाजा मादल, मुजुरालगायतका वाद्यवादनका सामग्री प्रयोग गरी समसामायिक विषयवस्तुमा लोक भाकाका साथ तीज गीत प्रस्तुत गरेका थिए । प्रतियोगितामा कक्षा १० का विद्यार्थी प्रथम र कक्षा ७ का विद्यार्थी द्वितीय भए ।
विजेता विद्यार्थीलाई विद्यालय प्राचार्य सुरेन्द्रमानसिंह भण्डारी र संस्थापक सदस्य विजयबाबु अधिकारीले पुरस्कार प्रदान गरेका थिए ।
विद्यालयका संस्थापक सदस्य अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution