पोउवासंघको निर्वाचनः ‘अर्जुन पोखरेल समूहलाई सहज छ’

  • पोखरा न्यूज
  • २०८१ भाद्र २०
पोउवासंघको निर्वाचनः ‘अर्जुन पोखरेल समूहलाई सहज छ’

पोखरा । पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा होमिएको अर्जुन पोखरलको समूह मत माग्न उद्योगी व्यवसायीका दैलोमा पुग्नेक्रम जारी छ । यो समूहले उद्योगी व्यवसायीसँग भेटेर १६ बुँदा प्रतिवद्धता प्रस्तुत गर्दै आफ्ना पक्षमा मत दिन आग्रह गरेको छ ।

पूरै समूह नै मतदातासमक्ष पुग्दा चुनावी आएको महसुस भएको छोरेपाटनका एक व्यवसायीले भने । उनले भने ‘अर्जुनका प्रतिबद्धता निकै राम्रा लागे, यही प्रतिवद्धताले उहाँको पक्षमा समर्थन बढेको महसुस भएको छ ।’

पोखरेल समूहबाट केही पदाधिकारी र केही सदस्य निर्विरोध निर्वाचित भइसकेकाले बाँकी उम्मेद्वारले पनि सहजै निर्वाचन जित्ने ती व्यवसायीको विश्वास छ ।

लेकसाइडका एक पुराना पर्यटन व्यवसायी भन्छन्, ‘उहाँ (अर्जुन)ले संघमा रहेर धेरै समय काम गर्नुभएको छ, उद्योगी व्यवसायीका समस्या पनि नजिक बसेर महसुस गर्नुभएको छ, अघिल्लो पटक अध्यक्ष बन्न असफल बन्नुभो, यस पटक सजिलै जित्नुहुन्छ भन्ने अनुमान गरिएको छ ।’
उनले थपे, ‘मुख्य पदमा उहाँकै टिमबाट निर्वाचित भइसकेकाले पनि चुनावी माहोल कता जान्छ त्यो सजिलै अनुमान गर्न सकिन्छ ।’

पोखरेलले प्रतिबद्धतामात्रै जनाएर नहुने भन्दै उनले उद्योगी व्यवसायीका विकराल समस्या समाधानमा मिहिन ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिए ।

पोखरेल समूहले संघको छविलाई उठाउने, आर्थिक मन्दीका समयमा समस्यामा परेका व्यवसायीको हितबमोजिम काम गर्ने, उद्योग र कृषि क्षेत्रका समस्यालाई समाधान गर्न पहलकदमी गर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्न पहलकदमी गर्ने उल्लेख गरेका छन् ।

यस्तै, पोखरा भित्रिने जीर्ण राजमार्गलाई छिटो निर्माण गर्न समन्वयकारी भूमिका खेल्ने, यातायात व्यवसायी र सर्वसाधारणका समस्या समाधान गर्न समन्वय गर्ने, पर्यटकीय राजधानी पोखराको पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउन पहलकमी गर्ने, ऋण तिर्न नसकेर कालो सूचीमा परेका व्यवसायीका समस्या समाधानमा पहलकदमी गर्ने समूहको प्रतिबद्धता छ ।

यसैगरी कर र ऋणको ब्याजमा छुट दिन सरकार र बैँकलाई तोकता गर्ने, उद्यमशीलताको विकास गरी युवालाई स्वरोजगार बनाउने बाटोमा पहलकदमी गर्ने, व्यवसायी संघसंस्थासँग समन्वय गर्दै समस्याको समाधान गर्न नेतृत्वदायी भूमिका खेल्ने, तीनै तहको सरकारसँग समन्वय गर्दै व्यवसायीमैत्री नीति निर्माणमा पहलकदमी गर्ने समूहको प्रतिवद्धता छ ।

यस्तै समूहले घरबेटीले बहाल पाउने र व्यवसायीले तिर्न सक्ने समन्वयकारी भूमिका खेल्ने, फेवातालको मापदण्डको समस्या समाधान गर्न समन्वयकारी भूमिका खेल्ने, पार्किङ समस्या समाधान गर्न महानगरसँग समन्वय गर्ने र शिक्षा, स्वास्थ्यलगायत सेवामूलक व्यवसायीमा देखिएका समस्या समाधान गर्न अग्रणी भूमिका खेल्ने प्रतिबद्धतासमेत जनाएको छ ।

निर्विरोध निर्वाचित को-को ?

पोखरेल समूहबाट वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धचार्य, उद्योग उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम, कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध भएका छन् ।

यस्तै कार्यसमिति सदस्यमा बन्दना केसी, एकनारायण गौतम, राम कँडेल निर्विरोध निर्वाचित भएका छन् । उपमहासचिवमा बालकृष्ण कोइरालाले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै कार्यसमिति सदस्यमा भीम गौतम, जीवन प्रकाश श्रेष्ठ, प्रेमप्रसाद सुवेदी, सौगात थापा, लेखनाथ सुवेदी, देवेन्द्र प्रजु, टिकाराम सुवेदी (माधव), ललितबहादुर कुँवर, दूधमान (आशिष) गुरुङ, यादवप्रसाद पोखरेल प्रतिस्पर्धामा छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस