पोखरा । कर्मचारी मिलन केन्द्र कास्कीले निजामति सेवा दिवस एवं हरितालिका तीजको अवसर पारी बिहीबार मानवसेवा आश्रममा भोजनार्थ सहयोग गरेको छ ।
विशेषतः महिला दिदीबहिनीलाई आश्रय दिइराखिएको छोरेपाटनस्थित आश्रममा केन्द्रका तर्फबाट संरक्षक एवं कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले २६ हजार रुपैयाँ नगद आश्रमका सञ्चालकलाई हस्तान्तरण गरे ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले सडक मानवलाई आश्रममा ल्याएर सम्मानपूर्वक सेवा प्रदान गरिरहेको मानवसेवा आश्रमको काम प्रशंसनीय भएको बताए ।
महिलाको महान पर्व हरितालिका तीजसमेतका अवसरमा आश्रममा आश्रित महिला दिदीबहिनीलाई दरभोज खाने दिनमा नै सहयोग गर्न पाउनुु सुखद् भएको उनको भनाइ छ ।
पर्यटन राजधानी पोखरालाई सडक मानव मुक्तका साथै मठमन्दिरमा पनि मगन्ते मुक्त बनाउने प्रयास थालिएको उनले बताए ।
केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले मानवीय भावनाका साथ आश्रममा आश्रित व्यक्तिको भोजनार्थ सहयोग गरिएको भन्दै समाजिक एवं मानवीय भावनाका साथ सञ्चालित यस्ता संस्थामा सबैको साथ र सहयोग आवश्यक हुने बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution