पोखराको सहिदचोक क्षेत्रमा सरसफाई

  • पोखरा न्यूज
  • २०८१ भाद्र २०
पोखराको सहिदचोक क्षेत्रमा सरसफाई

पोखरा । निजामति सेवा दिवस २०८१ का अवसरमा कर्मचारी मिलन केन्द्र कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीको संयुक्त संयोजनमा पोखराको सहिदचोकसहित आसपासका कार्यालय क्षेत्रमा सरसफाई गरिएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले निजामति कर्मचारीले सार्वजनिक सेवा प्रवाहका साथै समाजिक उत्तरदायित्व समेत बहन गरी काम गर्नुपर्नेमा जोड दिइन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सरसफाईप्रति समाजमा सचेतना अभिवृद्धिका लागि पनि यस किसिमका कार्यक्रमलाई अघि बढाउनुुपर्ने आवश्यकता औंल्याए ।

कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले केन्द्रको संयोजनमा प्रत्येक महिनाको ५ गते पोखराका सम्पदास्थलमा सरसफाई गरिँदै आइएको बताए ।

उनले नजामति सेवा दिवसका अवसरमा सहिदचोकसहित आसपासका कार्यालय क्षेत्रमा सरसफाई गरिएको जानकारी दिए ।

कार्यक्रममा नागरिक समाजका संयोजक रामबहादुर पौडेल, नागरिक अभियानका सदस्य, सुरक्षा निकायका प्रतिनिधिसहित राष्ट्रसेवक कर्मचारी सहभागी थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस